काठमाडौं - आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ।

जिम्बावेको हरारेस्थित टाकासिङ्घाक्रीकेट क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो।

नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए। त्यस्तै अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२ र कप्तान रोहित पौडेलले २९ रन बनाए।

बलिङतर्फ आयरल्यान्डका लागि मार्क अडायर, ब्यारी मक्कार्थी र क्रेग यङ्गले दुई-दुई विकेट लिए भने कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी मक्ब्राइनले एक-एक विकेट लिए । 

आयरल्यान्डका लागि कर्टिस कम्फरले सर्वाधिक ६२ रन बनाए। त्यस्तै, ह्यारी टेक्टरले ६०, जर्ज डक्रेलले ३३ र लोर्कन टर्करले २४ रन बनाए। 

बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए भने किशोर महतोले दुई विकेट लिए। गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।