काठमाडौं - साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ।

भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा भएको खेलको २३औं मिनेटमा आमन्त्रित टिम कुवेतका कप्तान खालिद हाजियाले प्रतियोगिताको पहिलो गोल गर्दै कुवेतलाई १-० को अग्रता दिलाएका थिए। खेलको ४१ औं मिनेटमा साबिब अलखालदीको गोलसँगै कुवेतले २-० को अग्रता लियो।

खेलको ६५औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–० मा पुर्‍याए । ६८ औं मिनेटमा उत्कृष्ट गोल गर्दै अञ्जन विष्टले नेपाललाई खेलमा फर्काउने कोसिस गरेपनि नेपालले फिफा वरीयतामा आफुभन्दा ३१ स्थानममाथि रहेको विश्वकप खेलिसकेको कुवेतलाई खेल ३-१ को नतिजामा सुम्पियो।

जारी प्रतियोगितामा समूह ‘ए’मा नेपालले अब आयोजक भारत र पाकिस्तानसँग खेल्ने छ। नेपालले समूह चरणको दोस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ।