काठमाडौं - नेपालले विश्वकप क्रिकेट छनोटमा आयोजक जिम्बावे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। 

आइसीसीले सार्वजनिक गरेको विश्वकप क्रिकेटको छनोट खेलको तालिका अनुसार नेपालले पहिलो खेल असार ३ गते जिम्बावेविरुद्ध खेल्ने भएको हो।

त्यस्तै दोस्रो खेल अमेरिकाविरुद्ध असार ५ गते खेल्नेछ भने असार ७ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

सहूमचरणको खेलअघि नेपालले दुइटा अभ्यास खेल खेल्ने भएको छ। नेपालले जेठ ३० गते युएईविरुद्ध र जेठ ३२ गते ओमानविरुद्ध अभ्यास खेल खेल्नेछ। 

राष्ट्रिय खेलकुद परिषद (क्यान)ले जिम्बावे टूरका लागि नेपालको प्रारम्भिक टोली सोमबार घोषणा गरेको छ। टोलीमा रोहित पौडेलको कप्तानीमा २२ जना समेटिएका छन्।