रमा न्यौपाने (आर्ज्या)

काठमाडौं - युवा संघ नेपाल पिपुल्स भोलेन्टियरद्वारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित सेभेन ए साइड फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ। 

काठमाडौंको मनमैजुस्थित जि फोर फुटसल खेल मैदानमा एक सातादेखि चलेको फुटसल प्रतियोगितामा देशका उत्कृष्ट डिभिजन खेलाडीहरु सम्मिलित ५८ टिमको सहभागिता रहेको थियो । सहभागी ५८ टिम मध्य क्रमस: फुटसल्स फाइभ प्रथम, रोयल एफ सि दोश्रो र कुर्दन फुटसल एकेडमी तेश्रो भए ।

प्रतियोगितामा फुटसल फाइभ टिमका खेलाडी सरोज तामाङले उत्कृष्ट गोल गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा सरोज तामाङ म्यान अफ द म्याच घोषित भए। 

खेलको समापन कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गर्नु भएको थियो । नेपालले युवा संघले गरेको यस्ता अतिरिक्त क्रियाकलापले युवाहरुमा जोस जाँगर थप्नुका साथै उर्जा प्रदान गर्ने बताउनु भयो । देश बिकासका निम्ति युवा शक्ति अपरिहार्य रहेको बताउँदै नेपालले एकीकृत समाजवादी पार्टीमा युवाहरुलाई बिशेष प्राथमिकताका साथ अघि बढ्ने मौका रहेको स्पष्ट पार्नु भयो। कार्यक्रममा युवा संघका अध्यक्ष, सचिव, महासचीवसहित स्थायी कमिटी सदस्य र केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो। 

नेपालले प्रथम हुनेलाई ट्रफीका साथै तीन लाख रुपैयाँ र प्रमाणपत्र, दोस्रो हुनेलाई दुई लाख रुपैयाँ र प्रमाणपत्र र तेस्रो हुनेलाई एक लाख रुपैयाँ र प्रमाण पत्र वितरण गर्नु भयो ।