काठमाडौं - आज सेयर बजार परिसूचक नेप्से ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ।
 
आज २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कम्पनीको १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लाग्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ३.७५ प्रतिशतले बढ्यो भने
ट्रेडिङ उपसमूहको सूचक ३.७१ प्रतिशतले बढ्यो।

यस्तै डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स उपसमूहको सूचक २ प्रतिशत बढिले बढ्यो। बैंकिङ, इन्भेष्टमेन्ट, म्युच्युअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक १ प्रतिशत बढिले बढ्यो। बाँकी उपसमूहको सूचक सामान्य उकालो लाग्यो ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। हिमालय उर्जा विकास र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्ट्सको आज ७ करोड ११ लाखको सेयर खरिद/बिक्री भयो।