काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ। 

मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएसँगै समूह 'बी' को उपविजेता बनेको कुवेतले सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। 

कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २४२ रनमा सीमित भएसँगै फाइनल प्रवेशको सम्भावना समाप्त भयो।

समूह 'बी' को उपविजेता बनेको कुवेतले शनिबार फाइनल प्रवेशका लागि नेपालसँग खेल्ने छ। दोस्रो सेमिफाइनलमा ओमान र यूएई आमनेसामने हुनेछन्। 

आजै त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह 'ए' को विजेताबन्दै प्रवेश गरेको हो ।