काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा एपीएफले खुमलटारलाई २–० गोलको नतिजामा पराजित गरेको छ।

सोमबार एन्फा कम्प्लेक्समा भएको खेलको २५औं मिनेटमा अब्दौ रमानीले गोल गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको खुमलटारविरुद्ध अर्मान बेडौमले ६९औं मिनेटमा दोश्रो गोल गरे।

जितसँगै १२ खेलबाट १७ अंक जोडेको एपीएफ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट १३ अंक जोडेको खुमलटार ११औं स्थानमा छ।