काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले संकटा क्लबलाई ३-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि अजयी मराटिन्सले दुई तथा सन्तोष साहुखलले एक गोल गरे ।

खेलको ४१औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै मार्टिन्सले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारे ।

सन्तोष साहुखलले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई ३-० को सहज जित दिलाए ।

जारी सिजन छैटौं जित निकालेको थ्रीस्टार ११ खेलबाट २१ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । थ्रीस्टारले लिग लिडर जावलाखेल युथ क्लबसँग अंक दूरी २ मा झारेको छ ।

चौथो हार बेहोरेको संकटा ११ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ ।