काठमाडौं - चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै पीडित परीक्षार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै योग्यताक्रमविपरीत भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट बञ्चित हुने अवस्थामा पुर्याईएको उनीहरूको गुनासो छ ।
प्रदर्शनमा सहभागीहरूले न्यायापालिकाभन्दा कार्यपालिका कसरी ठूलो भयो, मेरिट मिच्न पाईंदैन, अस्पतालमा डाक्टर खै लगायतका प्लेकार्ड देखाएका थिए ।
0 comment