काठमाडौं – यो एक प्रकारको जापानिज साग हो । तर खाँदा निकै स्वादिष्ट हुन्छ तर कसै कसैलाई मन नपर्न पनि सक्छ । यसको खेती कुनै कुनै ठाउँमा भएको पाईन्छ । 

लाउने समय

काठमाडौं उपत्यका पुष–माघ – फागुण र भदौ – असोज
मध्य पहाडमा माघ – फागुन र भदौ – असोज
तराईमा मंसिर – पुष र माघ

जातहरु

जापनबाट विभिन्न खालका जातहरु नेपालमा आयत गरिएको मात्र
आवश्यक सामाग्री
–    गमला १० वटा
–    माटो ५ बोरा
–    मल ३ बोरा
–    बालुवा १ बोरा
–    बेर्ना ५० वटा
–    कुटो १ वटा
–    हजारी १ वटा
–    पानी आवश्यकता अनुसार

खेती गर्ने तरिका

मल, माटो र बालुवाको मिश्रणलाई गमलामा भर्ने पानी दिने र चार दिन पछि बेर्ना रोप्ने । एउटा गमलामा ५ वटाका दरले विरुवा रोप्ने । 

बाली संरक्षण

बेर्ना रोपेको १० दिनमा माटो खेस्रिने गोड्ने भारपात उखेल्ने, पानी दिने, किरा लागेमा हातैले मार्ने । यसमा रोग कम लाग्ने हुन्छ तसर्थ भदौ, असोज तिर यो लगाउँदा राम्रो हुन्छ । 

रासायनिक मल र विषादी

यसमा पनि रासायनिक मल र विषादी प्रयोग नगरीकनै उत्पादन आर्गानिक उत्पादन पनि हो ।