काठमाडौं - नेकपा एमाले निकट अनेरास्ववीयुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको छ ।
विद्यार्थीलाई दु:ख दिने अभिप्रायले चैत्र १२ गते बाट हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षाको केन्द्र टाढा राखिएको भन्दै विरोधस्वरुप परीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरिएको अनेरास्ववियु त्रिविका उपाध्यक्ष समिर विष्टले बताए ।
डोटी जिल्लामा रहेका क्याम्पसको परीक्षाकेन्द्र कैलालीमा,भोजपुरका क्याम्पसको संखुवासभामा, बाँकेका क्याम्पसको बर्दियामा सारेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । अधिकांश जिल्लाका क्याम्पसको परीक्षा अन्तरजिल्लामा सारिएको विद्यार्थीको आरोप छ।
परीक्षा नियन्त्रक पुष्पराज जोसीलाई सम्पर्क गर्दा वास्ता नगरेको विष्टले बताए । त्यसपछि सहपरीक्षा नियन्त्रकलाई जानकारी गराए पनि आफूहरूको मागमा संवेदनशिल नभएको विद्यार्थी संगठनको आरोप छ ।
0 comment