काठमाडौं – यो एक प्रकारको साग जस्तै लाम्चो हुन्छ । तर बन्दाको रुपमा हुने यस्तो बन्दा नेपाली बजारमा त्यति लोक प्रिय भने छैन तर यो खानालाई बानी परेकाहरु भने यसलाई खोजी–खोजी खान्छन् । यसको खेती गमलामा सजिलै गर्न सकिन्छ ।
लगाउने समय
भदौं, असोज, कार्तिकमा काठमाडौं उपत्यकामा, मध्य पहाडि बजारमा साउन, भदौं, असोजमा र तराईमा असोज, कार्तिक र मंसिर महिनामा ।
आवश्यक सामाग्री
– गमला १० वटा
– माटो ५ बोरा
– मल ३ बोरा
– बालुवा २ बोरा
– बिउ बेर्ना १० बोट
– पानी आवश्यकता अनुसार
खेती गर्ने तरिका
मल, माटो र बालुवालाई मिसाउने र गमलामा भर्ने र पानी राख्ने । ४ दिन पछि बीउ रोप्ने । बेला बेलामा आवश्यकता अनुसार पानी दिने ।
बाली संरक्षण
बेर्ना रोपेको १२ दिन पछि गोडमेल गर्ने । एउटा सानो कुटोले चलाउनु पर्छ । यसकै लागि टुल्स पनि पाईन्छ । गोडमेल पछि पानी दिने, झारपात उखेल्ने खुला हवा लाग्ने ठाउँमा गमला राख्नु पर्दछ ।
रासायनिक मल र विषादी
कौशीमा गमलामा यसको खेती गरिने हुनाले यसमा रासायनिक मल नचलाउने र विषादी पनि प्रयोग नगर्ने । किरा लागेमा हातैले मार्ने सकभर रोग लागेमा विरुवा नै नष्ट गर्ने ।
0 comment