सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी यात्रा जारी राखेको छ ।

चर्च ब्वाइजले शुक्रबार हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै लिगमा तेस्रो जित दर्ता गरेको हो ।

खेलको २० औं मिनेटमा आशिष चौधरीले खेलको एक मात्र गोल गरे ।

लिगको सुरुवाती तीनै खेलमै जित निकालेको चर्च ब्वाइज ९ अंक सहित लिगको शीर्ष स्थानमा छ। सुरुवाती ३ खेलमा १ जित, १ बराबरी र १ हार बेहोरेको हिमालयन शेर्पाको ४ अंक छ ।