काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलको ५५ औं मिनेटमा विदेशी खेलाडी विलियम ओपोकु असिएदुले मैदानको बिच भागबाटै गोल गरेपछि सातदोबाटोले एपीएफलाई १-० ले पराजित गरेको हो । मैदानको मध्यभागमा पाएको बललाई विलियमले सिधै विपक्षीको गोलपोष्टमा प्रहार गरेका थिए । उनको प्रहारएपीएफका गोलकिपर युया कुरियामाले बचाउन सकेनन् ।

लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो । एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएको थियो । 

लगातार दोस्रो जितपछि सातदोबाटोले दुई खेलबाट ६ अंक जोडेको छ ।