काठमाडौं - तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उक्त क्षेत्रमा उपनिर्वाचनको हुने भएको छ।
सर्वोच्च अदालतले चितवन-२ बाट निर्वाचित रवि लामिछानेले नागरिकता पुन : प्राप्ति नगरेको भन्दै सांसद पद खारेज गरेपछि उक्त क्षेत्रमा वैशाख १० गते निर्वाचन गर्ने घोषणा भइसकेको छ।
मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भ्रष्टाचार गरेको अदालतले ठहर गरेपछि उनको समेत सांसद पद खारेज भएको छ।
आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने सबै निर्वाचन क्षेत्रमा एकै पटक उपनिर्वाचनका गर्ने तयारी छ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि मात्र सांसद पदबाट राजीनामा दिने संवैधानिक व्यवस्था छ।
0 comment