काठमाडौं - नेपाली यू–२० महिला टोलीले प्यालेस्टाइनमा जारी एएफसी यू–२० एसियन कप छनोट प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

दीपा शाहीको चार गोलको मद्दतले नेपालले आयोजक प्यालेस्टाइनलाई ६–० ले हरायो ।

शाहीले २१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाईन् । गरिमा राईले २९ औं मिनेटमा अग्रता दोब्बर पारिन् ।

शाहीले ६७ औं मिनेटमा दोस्रो गोल गरिन् भने ७५ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । उनी त्यहीँ रोकिनन् र ८५ औं मिनेटमा चौथो गोल गरिन् । गरिमा राईले ८१ औं मिनेटमा दोस्रो गोल गरिन् ।

नेपालले आइतबार मारियाना टापुलाई हराएमा दोस्रो चरणमा पुग्ने छ ।