काठमाडौं –

लसुनको वैज्ञानिक रुपमा पनि पुष्टि भैसकेको यसको प्रयोगले मानिसमा हुने हृदयघातको रोगलाई धेरै हदसम्म निको बनाउन सक्छ भन्ने प्रमाण हो । 
यसको प्रयोग मसलाको रुपमा हुँदै आएको छ । तरकारी, मासुहरुमा यसको हरियो पात तथा पोटीलाई पिसेर चलाउने गरिन्छ । यसको खेती बारीमा मात्र गर्नु पर्छ भन्ने मान्यतामा व्यापक परिवर्तन ल्याई हाल कौशीमा पनि गर्न सकिन्छ । विशेषगरि हरियो पात खानको लागि कौंशिमा गरिने यसको खेति प्रभावकारी छ । 

आवश्यक सामाग्री

– माटो, माल, बालुवा मिसाइएको माटो राख्ने भाडो 
– प्लाष्टिक थैला, बोरा, गमला, काठको भाडो वा बाँसको भाडो जे भएपनि हुने आफ्नो ठाउँमा जे उपल्ब्ध हुन्छ  
– कम्पोष्ट मल एक गमला बराबर २ के. जी.
– लसुन बीउ एक गमला बराबर २० पोटी
– माटो सिमेन्ट बोराको २ बोरा
– भुस १ बोरा
– बालुवा सिमेन्ट बोराको १ बोरा
– पानी १० लीटर

खेती गर्ने तरिका

१. सर्वप्रथम गमलामा वा बोरामा माटो, मल र बालुवा भर्ने व्यवस्था गर्ने । 
२. (२ बोरा) माटो १ बोरा बालुवा एकै ठाउँ मिसाएर मोल्ने यसरी मोलिएको वस्तुलाई गमला वा बोरामा राख्ने । 
३. यसलाई सम्म पारेर हातको सहायताले लसुनको केस्रालाई रोप्ने

यसरी रोपीएको लसुन ३ दिन देखि नै उम्रन थाल्छ २० दिन पछि नै उखेलेर खान सकिन्छ । लसुनको केस्रा रोपीसके पछि पुरै माटो भिज्ने गरि पानी हाल्नु पर्छ । 
यसमा परालले छोप्दा पनि हुन्छ नछोप्दा पनि हुन्छ । पानी आवश्यकत अनुसार ७ दिन देखि १० दिन सम्म दिन सकिन्छ ।  बढी सुख्खा भएमा आवस्थामा दिन बिराएर पनि सिंचाई गर्न सकिन्छ । 

पोटी व्यवस्थापन

यदि हरियो पात खाई नसकेर पोटीलाई राम्रो बनाउने हो भने बोटलाई पातलो बनाउन आवश्यक छ । त्यसमाथि माटोलाई खुकुलो बनाउनु पर्दछ । 
त्यसको लागि थप बालुवाको चोकर र धानको भुस गमलामा केस्रा रोप्नु भन्दा अगाडि नै लगाउन सकिन्छ । चिनियाँ खेती पद्धतिमा यस्तो गर्ने चलन पनि छ। 

रासायनिक मल र औषधी

यो सानो भाडोहरुमा घरायसी प्रयोजनको लागि मात्र गरिने हुनाले यसमा रासायनिक मल तथा विषादी नचलाई खेती गर्नु नै उत्तम मानिन्छ ।