शम्शेर क्षत्री, सिन्धुपाल्चोक 

गाँउ गाँउ सिंहदरवारको नारासहित सरकार चलाई रहेको स्थानीय निकायको निर्वाचित जनप्रतिनिधी तथा कर्मचारीहरु, प्रदेश सरकार अन्तर्गत सरकारी कर्मचारीहरु आजकाल विभिन्न गेष्ट हाउसमा बगलै भेटिन्छन्। 

जनतालाई सेवा दिन खटिनुपर्ने कर्मचारीहरु आजकाल विभिन्न गेष्ट हाउसमा थुप्रै केटीसहित भेटिन थालेका छन्। जनताको सेवामा भन्दा बिदाको दिन तथा बिदा लिएर मोजमस्ती गर्न सरकारी तलब खानेहरुको घुईंचो लाग्दै छ। त्यसलाई नियन्त्रण कसले गर्ने हो थाहा छैन। यस्तै गैरजिम्मेवार नेतृत्व र कर्मचारीहरुको कारण देश कंगाल बन्दै छ। 

आज प्रजातन्त्र दिवसको अवसरमा सरकारी कार्यलयहरु बन्द छ। तर सरकारी गाडी, सरकारी पेट्रोल प्रयोग गर्दै मोजमस्तीमा निस्कनेहरुको कमि छैन। यसै क्रममा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गडी नगरपालिका वडा नं १० स्थित भोटेकोशी बृजबाट सरकारी सवारी साधनसहित युवराज ढुंगाना नाम रहेका कर्मचारी भेटिएका छन्। उनले प्रयोग गरेको प्रदेश ३-०२-००१ बा ११०० नम्बरको मोटरसाइकल भेटिएको हो। 

बिदाको दिन विभिन्न गेष्ट हाउसमा धेरै सरकारी सवारी साधन भेटिन थालेपछि बिशाल नेपाल डटकम तथा दृष्टि कोण साप्ताहिकको सिन्धु - काभ्रे संबाददाता शम्शेर कार्कीले खोजि गर्दा निज ढुंगाना गेष्ट हाउसमा एक केटिसहित भेटिन्छन्। यसरी आपत्तिजनक रुपमा सरकारी साधन प्रयोग गरी गेष्ट हाउसमा केटिसँग भेटिएका ढुंगानालाई जिल्ला ट्राफिक कार्यलय अन्तर्गत खाडीचौरमा कार्यरत सई उत्तम राज आचार्य र बलेफी प्रहरी चौकीमा कार्यरत असई सी. बि. थामिलाई बुझाइएको छ। 

केहि समय नियन्त्रणमा लिईएपछी बलेफी प्रहरी चौकीबाट अब यस्तो गल्ति नगर्ने सर्तमा ढुंगानालाई छाडिएको छ।