काठमाडौं - ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ।
भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको हो।
भण्डारीको उपचारमा खटिएका मुख्य सर्जन डा. सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा गहिरो चोट रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नु परेको थियो।
भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ। दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने डाक्टर केसवानीले बताएका छन्।
बुधबार राति आफ्नै निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी घाइते भएका हुन्। उनको थप उपचारका लागि बुधबार नै भारतको नेशनल वर्न सेन्टर लगिएको हो। विष्फोटमा गम्भीर घाइते भएकी भण्डारीको आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।
0 comment