काठमाडौं – दाङ्ग जिल्ला घोराही उनपा– ११ तेघरा की ३१ बर्षिया शान्ति चौधरी ३ बर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन । त्यसमाथी उनीलाई श्रीमान गुमाएको छुट्टै पीडा थियो । गाउँमा आयआर्जनको कुनै बाटो थिएन । छोराछोरी साना थिए । उनिहरुको पालनपोषणको पीरलो थियो, यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । गरीबि निवारण कोष कार्यक्रम लागु भए पश्चात गाउँका स्थानीयहरु मिलेर बँगारी सामुदायिक सँस्था गठन गरिएको गरे । सँस्थामा उनि पनि आवद्ध भईन ।
सँस्थाले आयआर्जनका क्षेत्रमा ऋण लगानी गर्दथ्योे । त्यसैले ऋण माग्ने सोच गरिन । पहिलै देखि शान्ति बंगुर पालन गर्थिन । तर दुई चार वटा भन्दा बढि बंगुर थिएन । उनको मनमा लाग्यो अव व्यावसायिक बंगुर पालन गर्छु । एकदिन उनले बैठकमा पचास हजार ऋण माग गरिन । आफुले पहीला ऋण लिंदा खेरी तिर्न सक्छु कि सक्दिन भन्ने चिन्ता मनमा लागेको थियो । सँस्थाले स्विकृती दियो साहस गरेर ऋण लिईन उनले । त्यो पैसाले शान्तिले बंगुर थपीन । गरिवी निवारणको ऋण र केहि आफुसँग भएको पैसाले व्यबस्थित खोर बनाईन । अहिले उनिसँग ३६ वटा पाठापाठी र ४ वोट पोथी बंगुर २ वाटा भाले बंगुर छन् । यही बंगुरको पाठापाठी बेचेर उनले सँस्थाको ऋण बर्षदिनमै तिरेर भ्याईन । हिजोआज बंगुरकोे स्याहारसुसारमै उनको दैनिकी बित्छ । उनले बंगुरपालनलाई अझै बिस्तार गर्ने सोचेकी छन । गरीबि निवारण कोषको सहयोगले मेरो जीवनशैली नै फेरियो, मिना भन्छिन् ।
बंगुरपालनबाटै म आत्मनिर्भर भएकी हुँ । तीन जनाको परिवार यहि बंगुरपालनको आम्दानीले धानिएको छ । उनका दुई छोराछोरी स्थानीय माध्यमिक बिद्यालयमा पढछन । छोरा दश कक्षामा र छोरी ६ कक्षामा पढछीन् । शान्तिले भनिन बंगुरपालनको आम्दानीले परिवारको खर्च राम्ररी चलेको छ । छोराछोरीलाई पढाउन सजिलो भएको छ । अहिले खोरमा करिव पाँच लाख रुपैयाँ भन्दा बढीको बंगुर रहेको उनले बताईन । मनमा आँट भएको खण्डमा जे काम पनि गर्न सकिने शान्ति चौधरीबाट सिक्न सकिन्छ । सँस्थाको सहयोगले आयआर्जनमा लागेकाहरु धेरै छन । सामाजिक परिचालक देउमान सोमैले भने जस्ले उनिहरुको जीवनमा नै परिवर्तन आएको छ ।
0 comment