काठमाडौं - नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विदुर नगरपालिका-३ का ७३ वर्षीय बाबुराम दर्जी र तारकेश्वर गाउँपालिका घर भई विदुर नगरपालिका-६ मा बस्ने ६ वर्षीय रामप्रसाद अर्याल रहेका छन्।
बट्टारस्थित हावाघरबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस अपराह्न ४ बजे नुवाकोटको विदुर नगरपालिका-१२ चैनपुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र १ जनाको त्रिशुली अस्पतालमा मृत्यु भएको हो।
अस्पतालमा मृत्यु हुने महिलाको नाम खुल्न बाँकी छ। दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ।
सडकबाट करिव ५० मिटर तल खसेको बस दुर्घटना हुनुको कारण खुलेको छैन।
0 comment