काठमाडौं - सोलुखुम्बु सदरमुकाम सल्लेरीमा गाई काट्दै गरेका चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-५ का वर्ष ३७ का राजकुमार राई, निजका श्रीमती ३९ वर्षीय अस्ती कुमारी राई, वर्ष ४० की फूलमाया रसाइली र निजका छोरा वर्ष २१ का प्रेम रसाइली रहेका छन्।
स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका-५ क्याम्पस टोलमा गाई काट्दै गरेका उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 comment