काठमाडौं – बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी काँग्रेस नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरीन् । नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरिएकोे थियो ।
प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो ।
0 comment