ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ, यस रुखको आयु सरदर २०० बर्ष हुन्छ । ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ, प्रायः नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही  राम्रो हुन्छ, यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।

खेती प्रबिधी :

 नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई ७–७ मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १०–१५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५–६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ।

लगाउने विधि : 

१. २ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने । त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
२. हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
३. स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।

ओखरका फाईदाहरु :

 १ . क्यान्सर रोगा सँग लड्ने क्षमताको बिकास हुन्छ ।
२ . मुटु स्वास्थ राख्दछ ।
३ . शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ ।
४. तौल घटाउन मद्दत गर्छ ।
५. मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ।

बजार :

बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००/७०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर    राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।

च्याङ्डलर जातको ओखरको खेती प्रविधि :

यो समुद्र सतहबाट १२ सय मिटरदेखि ३५०० मिटर उचाईसम्म खेती गर्न सकिन्छ । १० वटा च्याङ्डलर रोप्दा १ वटा फ्रेनक्विटे जातको ओखर पोलिनाइजेशनका लागि रोप्नु अनिवार्य हुन्छ । जमिनको प्रकृति हेरी पाँच मिटर लम्वाई र छ मिटरको दुरीमा रोप्न सकिन्छ । यो विरुवा रोप्नका लागि दुई फिट गोलाई र तीन फिट गहिरो खाडल खन्नुपर्ने हुन्छ । पुरानो कुहिएको कम्पोष्ट मल र माटो बराबर मिसाएर खाल्डो भर्नुपर्छ । यो लगाएको पहिलो १÷२ बर्षमा नै फल्न सुरु गर्छ । एक रोपनीमा कम्तिमा १५ देखि १७ वोट रोप्न सकिन्छ । यो ओखर खेतीका लागि माटोको पिएच मान ५.५ पिएचदेखि ७.५ पिएच राम्रो मानिन्छ । 

कम्तिमा ४०० देखि १५०० घन्टा चिलिङ हावरको आवश्यकता पर्दछ । वयस्क  ओखरलाई हरेक बर्ष कम्तिमा १५ देखि २० किलोग्राम मल दिनुपर्छ  भने सानो वोटलाई त्यसकै अनुपातमा दिनुपर्छ । यो ओखरको दाना उच्च गुणस्तरको हुन्छ । यो ओखरको उत्तम फल दिने आयु ७० बर्ष मानिन्छ। एउटा वयस्क च्याङडलरले कम्तिमा ४० केजी उत्पादन दिन्छ । यसरी सय बोट ओखर हुर्काउने किसानले एक बर्षमा २४ लाख आम्दानी गर्न सक्दछ । टर्कीबाट नेपालमा भित्र्याइएको ओखरको सयभन्दा बढी बोट रोप्ने किसानलाई राज्यले विशेष सहुलियतको व्यवस्था गर्नु जरुरी छ । ओखरको उत्पादनको बजारीकरणमा कुनै समस्या छैन । सामुदायिक तथा सहकारी खेतीमा ओखरलाई लिनु उपयुक्त हुनेछ भने सरकारले ओखरलाई जंगल क्षेत्रका रुपमा मात्र बुझ्ने कमजोरी गर्नु हुँदैन । यो तेल, काठ र फलको महत्वपूर्ण स्रोत हो ।