काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। 

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्राले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।

भेटमा उनले भारतीय राष्ट्रपति द्रोपति मुर्मूको सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएका थिए। उनीहरूबीच दुई देशबीचको द्विपक्षीय हितका सम्बन्धमा पनि छलफल भएको थियो।

नेपाल र भारतबीचको सचिव स्तरीय बैठकका लागि क्वात्रा सोमबार नेपाल आइपुगेका हुन्। यसअघि उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँगल भेटवार्ता गरका थिए।