काठमाडौं - सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले आचरणविपरीत कार्य गरेको भन्दै एआईजी दाहाललाई आजकै मितिदेखि लागू हुने गरी उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। एआईजी दाहालविरुद्ध छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो।
एआईजी दाहालले आचरणविपरितका गतिविधि गरेको निश्कर्षसहितको प्रतिवेदन बिहीबार साँझ एआईजी पोखरेलले गृह मन्त्रालयमा बुझाएका थिए। सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बर्खास्तको निर्णय गरेको हो।
यसैबीच गृहमन्त्री सुधन गुरुङले आचरणविपरीत गतिविधि गर्ने कुनै पनि कर्मचारीलाई नछाडिने चेतावनी दिएका छन्।


0 comment