काठमाण्डौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वका राम्रा अनुभव सिकेर नेपाल बनाउनतिर लाग्न आह्वान गरेका छन्। 

भट्टराईले देशको विकास नभएसम्म जनताले न्याय नपाउने बताए। 

वैकल्पिक राजनीति आवश्यक भएको बताउँदै देशमा ठूला राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आमजनताको आर्थिक सामाजिकस्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निरासा र अन्योलता छाएको छ त्यसैले नयाँ वैकल्पिक शक्ति चाहिएको बताएका छन् ।

अध्यक्ष भट्टराईले भने,’नीति निर्माण गर्ने थलो राजनीति नै हो । यसमा सबै सहभागी हुनुपर्छ । विश्वका राम्रा अनुभव सिकौं र नेपाल बनाउन लागौं । अबको राजनीतिमा युवाहरूको खाँचो छ ।’

अबको राजनीति भनेको लोकतन्त्रलाई बचाएर संस्थाहरूलाई मजबुत बनाएर सुशासन र समृद्धि ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले देश विकास नभएसम्म जनताले न्याय नपाउने बताउँदै डा.भट्टराईले जनताको सहभागीता राज्यका साधन स्रोतमा भएपछि मात्रै मुलुको विकास हुने स्पष्ट पारे ।