काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन्।
थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस लिएको प्रमाण भेटिएपछी मन्त्रीस्तरीय निर्णयअनुसार ठाकुरलाई निलम्बन गरिएको हो। ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री फेला परेपछि जाँचबुझ गरिएको थियो। छानविनका क्रममा ठाकुरले घुस लिएको पाइएपछि निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताएका छन्।
शुक्रबार पर्यटन मन्त्रालयलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गर्न मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयान प्राधिकारणका महानिर्देशकलाई लेखी पठाइएको छ । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाइने व्यहोरा जानकारीका लागि अनुरोध छ । ’
0 comment