काठमाडौ- नेपाल प्रहरीका बरिष्ठ नायब निरीक्षक नै ठगी धन्दामा समलग्न भएको खुलेको छ।वर्दिको आडमा ठगी गर्दै हिड्नेमा नेपाल प्रहरीका बहालवाला बरिष्ठ नायब निरीक्षक शकर खड्का रहेका छ्न।
 
खडकाले चिने ब्यक्तिको पसलबाट सामान ठूलो परिमाणमा उठाउने र रकम नभएको चेक दिने गर्दै आइ रहेका थिए। उठाएको सामान अरुलाइनै बेचेर रकम आफुले चलाउने गर्दै आइ रहेको कुरा खुले को हो।

खड्काले चाबहिल चुच्चेपाटीमा अन्डा ब्यवसाय गर्दै आइरहेका दिलिप प्रसाद बनको पसलबाट यहि २०८३ साल जेष्ठ ८ गतेको मिति राखेर १ लाख रुपैयाको सामान लिएर खातामा रकम नभएको १ लाख रुपैयाको राष्ट्रीय बाणिज्य बैकको चेक दिएको थियो।

चार महिना बितिसक्दा पनि आफुले दिएको सामानको पैसा नपाएको र माग्दा धाक धम्की दिने र दिन्छु दिन्छु भन्दै झुलाउदै गर्ने गरेको पिडितको भनाइ छ। पिडितले बरिष्ठ नायब निरीक्षक शकर खड्काको बिरुद्ध चेक बाउन्स मुद्धा हाल्ने तयारी गरि रहेको पनि जानकारी दिएको छ।
बरिष्ठ प्रहरी नायब निरीक्षक शकर खड्का माथी प्रहरी प्रधान कार्यालयमा पहिला पनि उजुरी आएको र त्यस माथी छानबिन भैरहेको प्रहृरी प्रधान कार्यालय स्थित उजुरी तथा छानबिन शाखाले जानकारी दिएको छ।
कुनै पनि प्रहरीले वर्दिको आडमा ठगी धन्दा चलाउछ भने त्यस्ता प्रहरी कर्मचारी माथी हदै सम्मको कारवाही हुने नेपाल प्रहरीका केन्द्रीय प्रबक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले बताउनु भयो।