काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताए ।
जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा अहिले महाबिपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्य मन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताए ।
भोटेकोशी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उनले हजारौँको सङ्ख्यामा मृत्यु भएको बताए । उनको भने, “एक प्रदेशलाई पर्दा अर्को प्रदेशले सहयोग गर्नुपर्छ मुख्यमन्त्रीज्यू भनेर प्रस्ताव राख्दा सबै प्रदेशका मुख्यमन्त्रीज्यूहरू सकारात्मक हुनुहुन्छ ।” यही असोज २१, २२ र २३ गते सातवटै प्रदेशको मुख्यमन्त्रीहरूसहितको बैठक बस्न लागेको उनको जानकारी दिए । सोही बैठकमा बागमती प्रदेशले पूर्वाधार निर्माणका लागि प्रस्ताव राख्ने उनको भनाइ थियो ।
बागमती प्रदेशका १५ वटा पालिका प्रभावित भएको भन्दै उनको त्यसबाहेकका १०४ वटा पालिकासँग पनि सहयोगका लागि आह्वान गरिएको बताए । चितवनका पालिका प्रमुखहरूसँग उनको भने, “प्रदेश सरकार पुनर्निर्माणतर्फ अग्रसर भएर लाग्दैछ । यसमा हामी सबै खटिन्छौँ । हातमा हात मिलाएर तपाईँहरूले साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु”, चितवन जिल्लाका सातवटा पालिकाले त्यहाँ कम्तीमा एउटा महत्त्वपूर्ण पुनर्निर्माणको काम गर्नेमा आफू आशावादी भएको बताए।
स्थानीय तहले प्रभावितहरूलाई अस्थायी बसोबास गराउनका लागि नयाँ ठाउँ खोजिसकेपछि पुनर्निर्माणका लागि भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्यचौकी, अस्पताल बनाउने कामहरूमा तीनै तहको सरकार मिलेर अघि बढ्ने उनको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सबै स्थानीय तह र कार्यालय प्रमुखहरूलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै भोटेकोशी प्रभावितको सहयोगमा हातेमालो गर्नुपर्ने बताए।
सो अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्ण सिलवाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना काफ्ले सापकोटालगायतले बाढी प्रभावितलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उद्घाटनसत्रपछि सातवटा पालिका र १० वटा कार्यालयको यो वर्षको पहिलो चौमासिक कार्यप्रगतिको समीक्षा हुनेछ ।


0 comment