काठमाण्डौं – प्रतिनिधि सभा सदस्य अरूण कुमार चौधरीको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सोमबार न्यायधिश अर्जुनप्रसाद कोईरालाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन अन्तरिम आदेश जारी गरेको हो । अरुण चौधरीलाई रिहाइको माग गर्दै न्यायधिस कोईरालाको इजलासमा बहस भएको थियो । 

आइतवार उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो । आइतवार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । 

चौधरीलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनीलाई प्रहरीले पक्राउ गरेको थियो ।  सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।