काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ।
उनी विमानस्थलबाट निस्किँदै गर्दा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरिएको थियो । त्यहाँ पत्रकार सम्मेलन गर्न नपाएपछि उनले घरमै पत्रकार सम्मेलन गर्ने तयारीमा छन्।


0 comment