काठमाडौं - ‘एसीसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। गएराति स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायतका पदाधिकारीले स्वागत गरेका छन्।

मलेसियामा गत शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको हो। उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ।नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो।