काठमाडौं – प्रहरीले कैलाली–२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो । प्रहरी स्रोतका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरीले २१ हजार ८७१ मत ल्याएर नागरिक उन्मुक्ति पार्टीको संसदमा विजयी भएका थिए । उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए । रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भएका थिए ।