काठमाण्डौं – कञ्चनपुरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर नेपाली काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । 
नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष चयन गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए । १३ माघ २०७९ मा नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो।