काठमाडौ:जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ४ छुकिनटोल स्थित सडक खण्डमा हिँडिरहेको अवस्थामा अपरिचित ३ जना व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी घाइते बनाई मोबाइल थान १ र नगद रु ३०००।- (तिन हजार) लुटपाट गरी फरार भए ३ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने वर्ष १९ को राजन अर्याल
जिल्ला सोलुखुम्बु घर भइ जिल्ला काठमाडौं कलंकी बस्ने बर्ष १९ को आयुष राई
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ बस्ने वर्ष २२ को विशाल लामा रहेका छ्न।
सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी घाइतेलाई थानकोट प्राथमिक अस्पताल पठाइएको र घटनामा संलग्न मानिसहरूको खोजतलास गर्ने क्रममा काठमाडौं, चन्द्रागिरी नगरपालिका १३ नैकापबाट चोरीको सामान र घरेलु हतियार समेत फेला पारी निम्न अभियुक्तहरूलाई नियन्त्रणमा लिइ चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालत दिन ७ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जस्नकारी दिनु भयो ।


0 comment