काठमाडौं - रसुवा बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका छन् । 

धेरै दिन हुँदा समेत शव फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका हुन् । बेपत्ता भएकाहरुका आफन्तहरुले बुधबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका थिए । 

पशुपति क्षेत्र विकास कोषले नि:शुल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा परी करिब चार हजार बेपत्ता छन् भने ११ सय १४ जनाको मात्रै शव फेला परेको छ । भदौ १० गतेको रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण अपूरणीय क्षति भएको छ ।