काठमाडौं - विदुर नगरपालिका–१०, बेत्रावतीमा लेदोसहित आएको विनाशकारी बाढीमा पुरिएको तीनतले घरबाट निकालिएका २४ जनाको शव हेलिकोप्टरमार्फत त्रिशूली पुर्याइएको छ। यही भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण उक्त घर पुरिँदा उनीहरूको मृत्यु भएको थियो। बेपत्ताको खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीले एउटै घरबाट २४ जनाको शव निकालेका हुन्।
बाढी र लेदोले घर पूर्णरूपमा पुरिएपछि बेपत्ताको खोजीमा खटिएका सुरक्षाकर्मीले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए। सोही क्रममा घरभित्र पुरिएका २४ जनाको शव फेला परेको थियो। निकालिएका शवलाई हेलिकोप्टरमार्फत त्रिशूली पुर्याइएको हो। शवको आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तथा पहिचानको काम भइरहेको जनाइएको छ।


0 comment