काठमाडौं - भदौ १० को भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलितमध्ये ८५ शव काठमाडौँमा व्यवस्थापन संरक्षण भन्दै जमिनमुनि व्यवस्थापन गरिएको छ ।
ती शवहरु गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्ट स्वामित्वको वन क्षेत्रमा मंगलबार व्यवस्थापन गरिएको छ । शवको डिएनए परीक्षणपछि आफन्तले दाबी गरेमा उपलब्ध गराइने भएको छ । त्यसका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसरले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएअनुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन २०८३ बमोजिम डिएनए स्याम्पल सुरक्षित राख्दै व्यवस्थापन संरक्षण गरिएको हो । ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।
शवहरुको व्यवस्थापन आईसीआरसी प्रोटोकल अनुसार गरिएको हो ।


0 comment