काठमाडौं - भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ ।
यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको भोटेकोशी बाढीसम्बन्धी आज परराष्ट्र मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोगहरू तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निकट समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
यसैगरी विदेशस्थित नेपाली नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क तथा आवश्यकताअनुसार पहिचान, शव स्वदेश फिर्ता गर्ने प्रक्रियालगायतमा सहजीकरण गरिरहेका छन् । “हामी सम्बन्धित देशहरूसँग निकट सम्पर्कमा छौँ र आवश्यक सबै कन्सुलर सहायता उपलब्ध गराउन प्रतिबद्ध छौँ”, प्रवक्ता क्षेत्रीले भने ।
उनका अनुसार नेपाल सरकारले विशिष्ट क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगसहित सरकारका सम्बन्धित निकाय तथा सुरक्षा बलहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।


0 comment