काठमाडौं - भोटेकोसी बाढीले बगाएकामध्ये ४ जनाको शव भारतमा फेला परेको छ । भारतको महाराजगन्ज जिल्लास्थित नदीमा फेला परेका शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरीले शव बुझेर जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखेको छ । पश्चिम नवलपरासीको नारायणी नदी किनारमा ५४ वटा शव र २८ वटा मानव अंग फेला परेको छ । फेला परेका शवको डीएनए परीक्षण गरेर सुनवल नगरपालिकाको मुलपानी सामुदायिक वनमा खाडल खनेर व्यवस्थापन गर्ने तयारी छ ।