काठमाडौं - पद्म ज्योति समूहले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ। अप्ठ्यारो परिस्थितिमा प्रभावित क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम हस्तान्तरण गरिएको समूहले जनाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरणपछि पद्म ज्योतिले सामाजिक उत्तरदायित्वअनुरूप सानो योगदान गरेको बताए। उनले भने,'हामी बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापनाको कामना गर्दछौँ। सामाजिक उत्तरदायित्वअनुरूप हामीले यो सानो योगदान गरेका हौँ।'
समूहले आगामी दिनहरूमा पनि यस्ता प्राकृतिक विपद्का समयमा समुदायलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।


0 comment