काठमाडौं - रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरी अहिलेसम्म ५४७ जनाको शव फेला परेको हो ।

प्राप्त विवरण अनुसार सबैभन्दा धेरै चितवनमा २२१ जनाको शव फेला परेको छ। यसैगरी पूर्वीनवलपरासीमा १३४ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, रसुवामा १३ जना, पश्चिम नवलपरासीमा २८ जना, नुवाकोटमा ३८ जना र तनहुँमा २८ जनाको शव फेला परेको छ। 

प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्ने क्रम जारी छ। हराएका २८ प्रहरीमध्ये एक जना मृत फेला परेका छन् । अन्यको खोजी कार्य भइरहेको जनाइएको छ । प्रहरीका अनुसार अहिलेसम्म १४ सय ७३ जनाको उद्धार गरिएको छ ।