काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले रसुवा बाढी पीडितका लागि एक करोड एक लाख सहयोग गरेका छन् ।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको चेक मार्फत उक्त रकम सहयोग गरेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि सरकारले राहत तथा उद्धारका लागि आर्थिक सहयोग आह्वान गरेसँगै पाण्डेले सहयोग प्रदान गरेका हुन्।
विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत र उद्धारका लागि सहयोग आवश्यक रहेको भन्दै उनले आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बुधबार तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।साथै उनले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


0 comment