काठमाण्डौं – धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर–६ बाटा एक पुरुष र थाक्रे गाउँपालिका महादेवबेसीबाट एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ । 

धादिङको गजुरी गाउँपालिका वडा नम्बर–८ बस्ने ३२ वर्षका वीरबहादुर तामाङको साथमा ३४ किलो ५ सय ग्राम र यसैगरी मकवानपुरको थाहा नगरपालिका–८ की ३५ वर्षकी लक्ष्मी पुरीबाट ८ किलोग्राम ५ सय ग्राम चरेससहित लागु औषध ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तामाङ र पुरीलाई नियन्त्रणमा लिई थपा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिएकाछन् ।