काठमाडौं - काठमाडौंको नयाँ बानेश्वरमा एक युवकले आत्मदाह प्रयास गरेका छन्।
मंगलबार दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगेको छ।
आत्मदाहको कारण अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए।
0 comment