काठमाण्डौं – दाङ्गका एक युवक लागु औषध ब्राउन सुगरसहित बाँकेबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बजार निवासी १९ वर्षीय महेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 
उनलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा संका लागेर चेक–जाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर सहित फेला पारेको इलाका प्रहरी कार्यालय जमुनाह र लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । 

साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।