काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मिटरब्याजीको समस्या समाधानकालागि यथाशिघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेटघाट गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
हजारौँ “किसानहरू” यो समस्याबाट पीडित भएका छन् । यसलाई आफुले राम्रोसंग बुझेको हुनाले यसपटक मिटरब्याजी समस्याबाट पीडित किसानहरुका समस्या समाधान गर्ने कुरा मेरो पहिलो प्राथमिकतामा रहने छ, र म समाधान गर्छु भनी बताएका हुन् ।
साथै प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
0 comment