काठमाण्डौं – बुटवलमा व्यवसायीलाई धाक–धम्की दिएर रकम असुली गर्ने दुईजनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई शंका लागी चेकचाँच गर्दा उनीहरुको साथमा विभिन्न हात हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले रोयल नामक ग्रुप समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाक–धम्की दिएर रकम असुली गर्दै अएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।
अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड,७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.२ एमएमको गोली १७ राउण्ड,तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।
0 comment