काठमाडौं - भोलि बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

आज बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने भएको हो। बैठकले मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिने स्रोतले जनाएको छ। त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने छन्।

आज शोक विदा भएकाले मन्त्री विस्तार भोलिसम्मलाई सारिएको जनाइएको छ। भोलिसम्म नयाँ मन्त्री र नतोकीएकाहरूको कार्यभार तोकेर सपथग्रहण गराउने तयारी गरिएको छ।

आज बिहान करिब ५ घण्टा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। सो क्रममा नेपाली कांग्रेसले विश्वासको मत दिएपछि सत्ता साझेदार दलको रणनीति, मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।